2 Nov, 2024, Sat dcclatcoco2075@gmail.com (+९७७)-०१-५५२३४१०
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २९ गते मंगलबार

  • नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरे बमोजिम यस जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन ललितपुरमा अवस्थित छ।तत्कालिन जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू हाल स्थानीय तहहरुले गर्दै आइरहेको  छ भने  जिल्ला समन्वय समितिले जिल्ला भित्रका सबै स्थानीय तहहरू बिच समन्वय र ती स्थानीय तहहरूले सञ्‍चालन गरेका आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने प्रमुख जिम्मेवारी बोकेको छ। नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (१) मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था रहेको छ। सो अन्तर्गत जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरु बिच समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था उल्लेख गरिएको छ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार