संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वागमती अञ्चलको आठ जिल्लामध्ये एक तथा प्रदेश नं ३ अन्र्तगत १३ जिल्ला मध्यको ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्धहरुको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।


Skip to toolbar